काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ४८९ नमुना परीक्षणका क्रममा १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ३६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ ।