काठमाडौं -  सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन फारम प्रणालीमा समस्या देखिएपछि फारम भर्न बन्द गरिएको छ । यातायात व्यवस्था विभागको पोखरा र बुटबल शाखामा बिहीबार दिउँसोदेखि अनलाइन प्रणालीमा समस्या आएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले ती ठाउँबाट एकैपटक थुप्रै फारम भरेको पाइएको जानकारी दिए । महानिर्देशक हमालले तत्कालका लागि अनलाइन फारम भर्न बन्द गरिएको बताए । पोखरा बुटबलसँगै काठमाडौंमा पनि अनलाइन फारम भर्न बन्द गरिएको हो ।

विभागले सूचना जारी गरेर तत्कालका लागि अनलाइन फारम प्रणाली बन्द गरिएको जनाएको छ । सूचनामा सवारी चालक अनुमतिपत्रसम्बन्धी अनलाइन प्रणलीमा समस्या आएको नभनेर परिमार्जन गर्न लागिएकाले हाललाई बन्द गरिएको बताइएको छ ।