काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहका २० जना अनिवार्य समेट्ने प्रस्ताव पेस गरिएको छ ।

विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

शर्माको प्रस्तावमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिको २० र ३० कटेर ४० नकटेका २० गरी ४० जनाको प्रतिनिधित्व रहने ।’

यस्तै प्रदेश कार्यसमितिमा दुवै उमेर समूहको १०/१० जना रहने प्रस्ताव गरिएको छ ।