मौसममा मनसुनी वायुको प्रभाव, देशभर साधारणतया वर्षा हुने
काठमाडौं - हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायु) को प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती, लुम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी र मधेश प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जनर र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस