काठमाडौं - भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौँ आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी बिहीबार बिहान चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा श्रृगल भ्रमणमा आएका हुन् । भ्रमणको पहिलो दिनमै उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रमतय भएको छ । 

त्यस्तै, श्रृंगलाले शुक्रबार ज्यापु समाजको भवन उद्घाटन र गोर्खाको एक गुम्बा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनी शुक्रबार नै स्वदेश फर्किने छन् ।