निकिशामाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ
काठमाडौं - निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका-२ टौमढीका विशेष जोशीलाई बिहीबार बिहान पक्राउ गरेको हो। ब्यूरोका एक उच्च अधिकृतका अनुसार जोशीले भिडिओ टिकटकमा अपलोड गरेका थिए ।
निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो। त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी मोटरसाइकलमा रहेको एक समूहले दुर्व्यवहार गरिएको देख्न सकिन्छ । आफूलाई निकेशबाट निकिशा चिनाउन चाहने उनको सामाजिक सञ्जालमा विभिन्न भिडियोहरु भाइरल छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस