ह्वात्तै बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-०९-१८ ११:०० मा प्रकाशित
Total Shares: 369
काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार बढेर ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज बढेको छ । शुक्रबार प्रतितोला ७३ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज ७४ हजार २ सय रुपैयाँमा कारोबार भइहेको छ ।
चाँदीको भाऊ पनि शुक्रबार वृद्धि भएको छ । बिहीबार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ९ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस