माइतीघरमा दिक्तेलका मेयरसँग सरकारी टोलीको छलफल
खबर एक्सप्रेस
२०८२-०४-१५ ०१:१४ मा प्रकाशित
Total Shares: 101
काठमाडौं-खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि अनसन सुरु गरेका छन् ।
सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका थिए । तीनदिने सत्याग्रहमा पनि माग सम्बोधन नभएपछि मेयर भट्टराईले आजदेखि अनशन थालेका हुन् ।
मेयर भट्टराईले देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेका छन् ।
यसैबीच, आज मेयर भट्टराई र टोलीले माइतीघरमा छलफल गरेको छ ।
उक्त छलफल सकारात्मक रहेको मेयर भट्टराईका सहयोगीले जानकारी दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस