काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने स्रोतले बताएको छ । आजको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्धको तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र पार्टीको १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने तर चुनावमा पनि जाने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् । केन्द्रीय समिति बैठक बस्नुअघि नेता पौडेल पक्षका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका थिए।