राजतन्त्र पुन:स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन
खबर एक्सप्रेस
२०७७-०८-१५ ०२:४२ मा प्रकाशित
Total Shares: 371
काठमाडौं - राजतन्त्र पुन:स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका नेता विपिन कोइराला पनि सहभागी भएका छन् ।
यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटबललगायतका क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस