काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झतौमा रहेका  अस्पष्ट विषय प्रस्ट पार्नुपर्ने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित एक संवाद कार्यक्रममा उनले भने,‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’

अमेरिकाबाट पनि प्रस्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको  भनाइ छ ।

अमेरिकाले एमसीसीमार्फत अनुदान दिन लागेको अर्बौं रकम  नेपालका लागि अवसर भएको पनि उनले बताए ।

उनले आफू एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको बताए । 

अन्नपूर्ण पोस्टबाट