काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ।

यसअघि अगस्टको दोस्रो साता चीन जाने तयारीमा रहेका लामिछाने अब सेप्टेम्बरको दोस्रो साता चीन जाने भएका छन्।

आन्तरिक तयारीलगायतका कारण पूर्वनिर्धारित भ्रमण तालिका परिवर्तन गरिएको बताइएको छ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित धार्मिक तथा पर्यटकीय स्थल मानसरोवर जाने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ।

यसअघि भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर फर्किएका लामिछानेले चीन भ्रमणमा पनि उच्चस्तरीय भेटवार्ताको वातावरण बनाउन पहल गरिरहेको बताइएको छ।