सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०७९-०९-१३ ०७:२० मा प्रकाशित
Total Shares: 269
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी आज साँझ खुमलटारबाट बालुवाटार गएका हुन् । बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार प्रचण्ड साँझ ६ः२० मा बालुवाटार सरेका हुन् ।
निवर्तमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।
प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा सोमबार सपथ लिएका थिए । साढे पाँच वर्षपछि बालुवाटार छिरेका प्रचण्डको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस