काठमाडौं - अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज आफ्नो अन्तिम लिग खेल भिक्टोरिया क्रिकेट एकेडेमीसँग खेल्दैछ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ। नेपालले प्रतियोगितामा अहिलेसम्म पाँच खेल खेल्दा दुई जित र तीन हारको नतिजा निकालेको छ।
चार अंकसहित रहेको नेपाल ‘ए’ आजको खेल जित्दै प्रतियोगिताको सेमिफाइनल यात्राको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ।
अर्कोतर्फ भिक्टोरिया क्रिकेट एकेडेमीले पाँच खेलबाट चार जित निकाल्दै आफूलाई बलियो टोलीका रूपमा प्रस्तुत गरेको छ।

.gif)


