काठमाडौं- सरकारले आगामी भदौ २३ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन भएको थियो।
उनका अनुसार भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय बैठकले गरेको छ।

.gif)


