अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला
खबर एक्सप्रेस
२०७९-०७-०६ ०३:०६ मा प्रकाशित
Total Shares: 165
काठमाडौं,पोखरा - अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हो ।
फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।
प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स उनले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस