बालुवाटारमा ओली-प्रचण्ड-नेपालको भेट
काठमाडौं - सत्तारुढ नेकपाका नीत शीर्ष नेता अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नेबारे कुराकानी भएको छ । श्रोतका अनुसार तीन नेताबीच आगामी २५ वैशाखमा बस्ने स्थायी समिति बैठकका एजेण्डाबारे छलफल भएको थियो ।
गत शनिबार बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । दुई विवादास्पद अध्यादेशको पृष्ठभूमिमा चर्किएको नेकपा विवाद अझै साम्य भएको छैन । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गरेपछि परिस्थिति केही मत्थर भए पनि विवाद मिलेको छैन ।
नेता नेपाल समूहले एक व्यक्ति एकa पदको अवधारणाअनुसार ओलीले एक पद छाड्नुपर्ने विषय अझै छाडेको छैन ।
स्थायी समिति बैठकमा नेपाल पक्षले अरु नेतालाई अपमानित गर्ने प्रधानमन्त्री ओलीको शैली, सरकार सञ्चालनमा पार्टीलाई बाइपास गरिएको तथा गलत मनसायले अध्यादेश ल्याएको भन्दै ओलीको कडा आलोचना गर्ने तयारी गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस