वीर कृष्णको प्रवेशसंगै ओरालो लाग्दै नेपाल इन्स्योरेन्स,कर्मचारी त्रसित पार्दै सम्पत्ति र शेयर बिक्रीबाट नाफा देखाउदै
काठमाडौं-नेपाल इन्स्योरेन्समा वीर कृष्ण महर्जन प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गरेसंगै कम्पनी निरन्तर रूपमा पछि पर्दै गएको छ ।
नेपालकै पहिलो बीमा कम्पनीको रुपमा स्थापित नेपाल इन्स्योरेन्स कम्पनी विगत ७६ वर्षदेखि नेपालको अर्थतन्त्रमा विभिन्न आर्थिक, सामाजिक, राजनैतिक परिवर्तनको साक्षीको रुपमा एउटा सबल र सुदृढ बीमा कम्पनीको रुपमा बीमा क्षेत्रमा योगदान गर्दै आएको कम्पनी हो । नेपालको बीमाको इतिहासमा नेपाल इन्स्योरेन्सको छुट्टै पहिचान भएपनि कम्पनीको नेतृत्व गर्ने व्यक्ति राम्रो नहुँदा नेपाल इन्स्योरेन्सको भबिष्य अन्योल देखिन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जन बीमा राम्रोसँग बुझेका व्यक्ति हुन तर उनले बीमा भन्दा बढी जाल , झेल , षड्यन्त्र बुझेकाले कम्पनी जोखिममा पर्ने खतरा भएको जानकारहरु बताउँछन् । अहिले कम्पनीमा सिइओ वीर कृष्ण महर्जनको एकछत्र राज चलिरहेको छ विगत दुई वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत उनको कार्यशैली प्रति कम्पनी कर्मचारीहरु आजित भएको बताउछन् । उनको आतंकले कम्पनीका केही प्रदेश कार्यालय प्रमुख विहिन भैसकेका छन् भने अझै केही शाखा तथा प्रदेश कार्यालय खाली हुने क्रममा छन् ।
सिइओ महर्जनलाई मन नपरेका कर्मचारीहरुलाई अपायक स्थानमा सरुवा गरि कम्पनीमा २० औं वर्ष योगदान गरेका कर्मचारीहरुलाई जागिर छाड्न बाध्य बनाइ रहेका छन् । कम्पनी ओरालो लाग्नुको सबैभन्दा ठुलो कारण कर्मचारी लाई गरिएको अत्याचार पनि हो,जसले गर्दा कम्पनीका व्यवसाय दु्त गतिमा ओरालो लागेको तथ्य सुचाकाङ्कले देखाएको छ ।
सिइओ महर्जन धेरै जसो काम गर्दा आफू नदेखिने र नायब प्रमुख कार्यकारी अधिकृत इश्वर पोखरेललाई अघि सारी आफूलाई जानकारी नभए जस्तो नाटक गर्ने गरेको पीडित कर्माचारीहरु बताउछन् । विगतकाहरुले कमाएर जोगाएर राखिदिएका अचल सम्पत्तिहरु र शेयर बिक्रीबाट प्राप्त रकमबाट देखाइएको नाफा सेयरधनीहरुले कहिले सम्म पाउने हो ? सेयरधनीहरु नबुझेर चुपचाप छन् वा आवाज उठाउन बाकी छ ।
कर्मचारीहरुलाई अन्याय गरेको विषयमा नियामक नेपाल बीमा प्राधिकरणमा गुनासो कर्मचारीहरुले गरेपछि प्राधिकरणले पनि नेपाल इन्स्योरेन्सलाई निगरानीमा राखेको बताएको छ भने नेपाल इन्स्योरेन्स संचालक समिति र कर्मचारी संघ भने चुपचाप छन् ।
यस विषयमा खबर एक्सप्रेसले समाचार प्रकाशन गर्दै जानेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस