काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफलका लागि बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको थियो । यसअघि जेठ २८ गते सचिवालय बैठक बोलाएपनि प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।