प्रधानन्यायाधीशविरुद्ध महाभियोगः छानबिनका लागि समिति गठन गर्ने सहमति
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति गठन हुने भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा आइतबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्तावको छानबिनका लागि ११ सदस्यीय समिति गठन गर्ने सहमति भएको हो ।
समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र महाभियोग अघि बढाउने वा नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनुपर्नेछ । छानबिन समितिमा प्रमुख प्रतिपक्ष नेकपा नेकपा एमाले पनि सहभागी हुने भएको छ।
गत फागुन १ गते सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि जबरा स्वतः निलम्बनमा परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस