काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

मंगलबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्ने छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै २ घण्टा छलफल भएको बालुवाटार स्राेतले बताएकाे छ ।