काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। 

आज हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनसँगै अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ।