अर्थसचिवमा मधु मरासिनी, कृष्णहरी प्रधानमन्त्री कार्यालयमा सरूवा
खबर एक्सप्रेस
२०८१-०१-१० ०१:४३ मा प्रकाशित
Total Shares: 128
काठमाडौं-सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।
केही दिन अघि मात्रै अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस