काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रदेश खारेजी स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधान संशोधनको नाममा प्रदेश खारेजी, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस नगर्न चेतावनी दिए ।
उनले भने, ‘यदि संविधान संशोधन गर्ने हो भने, आज एक-तिहाइ तपाईँको महिलाहरूको अधिकार संविधानमा सुनिश्चित छ, त्यसलाई ५० प्रतिशत पुर्याइयोस्। आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, उत्पीडित र पछाडि पारिएको समुदायलाई माथि उठाउने, विद्यार्थी, मजदुर, किसानको पक्षमा हिजो २०७२ मा जारी भएको संविधानले कहाँ-कहाँ अधिकार कुण्ठित गरेको छ, उनीहरूको अधिकारमा पुनर्विचार गरेर संविधान संशोधन गर्ने गरियोस् ।’
उनले संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरिए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा फेरि पनि विद्रोह हुने बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग पनि दोहोर्याए ।

.gif)


