त्रिशूलीमा हाम फालेर ५६ वर्षीया साइली गिरी बेपत्ता
खबर एक्सप्रेस
२०८२-०३-११ १२:१० मा प्रकाशित
Total Shares: 96
काठमाडौं-धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।
गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।
बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस