काठमाडौं - सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलवार मात्रै ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 राजस्व संकलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा २ अर्ब ३० करोड रुपैयाँ संकलन गरेको हो ।

 गोरखापत्र दैनिकबाट