नयाँ पार्टी सनाखत गर्न माधवकुमार नेपाल पक्ष निर्वाचन आयोगमा
काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य र सांसदहरू सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् ।
चन्द्रागिरिमा गत सोमबारदेखि केन्द्रीय कमिटी बैठकमा जुटेका अध्यक्ष नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै पर्यटक बस चढेर आयोग पुगेका हुन् । आयोगले बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि समय तोकेको छ ।
नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल पक्षले आयोगमा पु-याउनुपर्ने हुन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस