काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाला सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। 

यस्तै, आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ। सोमबार प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।