काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।