मोरङ - नेपाल–भारत सीमा क्षेत्र नजिक मोरङको जहदा गाउँपालिकामा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शनिबार राति करिब साढे १० बजे जहदा गाउँपालिका–२ तारिगामा भारततर्फ गाँजा लैजाँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।