नेपाल इन्स्योरेन्सको खुद नाफा बढ्यो
काठमाडौं - नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तलुनामा १२.३६ प्रतिशत अर्थात २ करोड ६० लाख रुपैयाँले बढी हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६५ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोे छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड २४ लाख रुपैयाँ अर्थात २०।७८ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।
समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १३ करोड ९७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनूपात २०।३४ गुणा रहेको छ।
यस अवधिसम्ममा इन्स्योरेन्सले एक लाख ४७ हजार ५१० वटा बीमालेख जारी गरी कुल एक अर्ब १७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै, यस अवधिमा ८ हजार ५९४ बीमालेख नविकरण भएका छन्।
कम्पनीले यस अवधिमा २ हजार ४२८ वटा दाबी बापत ७८ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ९७६ दाबी वापत ७३ करोड ७६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
फेसबुक पेज Like गर्नुहोस