आशिफ शाहले रास्वपाको समानुपातिक सूचीबाट फिर्ता लिए नाम
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिममा रहेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा समेटिएका आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै समानुपातिक प्रणाली अन्तर्गतको उम्मेदवारी त्यागेको घोषणा गरेकी हुन् ।
आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नभएको स्पष्ट पार्दै उनले देश निर्माणप्रतिको हुटहुटी भने सधैँ जीवित रहेको उल्लेख गरे ।
बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य सम्भव होस् भन्ने उद्देश्यसहित गरिएका प्रयासमा आफू नजिकबाट संलग्न रहेको उल्लेख गर्दै उनले त्यही योगदानको मूल्याङ्कन गर्दै साथीहरूले समानुपातिक सूचीमा नाम समावेश गरिदिएको बताए ।
तर आफूले सुरुदेखि नै प्रत्यक्ष निर्वाचनमार्फत जनतासँग उभिएर उम्मेदवारी दिन चाहेको स्पष्ट धारणा राखेको र त्यस विपरीत परिस्थितिले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको शाहको भनाइ छ।
‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ,’ उनले वक्तव्यमा उल्लेख गरे । जनताको भावना, सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू र पार्टीभित्रका साथीहरूको भावनालाई सम्मान गर्दै समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने स्पष्ट अडान लिएका छन् ।
शाहले देश निर्माणका लागि जुनसुकै हैसियतमा रहे पनि योगदान गर्न तयार रहेको जनाउँदै समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि दुई कदम पछाडि हटेर आत्मसमीक्षा गर्न विनम्र आग्रह गरेका छन्।
उनले प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट रहेको जनाउँदै काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको घोषणा गरेकी छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस