काठमाडौं - लगातार बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को मूल्य घटेको छ ।

मंगलबार बजार खुलेको सुरुवाती समयमै बढेको निफ्राको मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, ठूला लगानीकर्ताले बेच्न थालेपछि १० प्रतिशतले घटेर प्रतिकित्ता ५९४ रुपैयाँमा झरेको हो । 

अघिल्लो आइतबारबाट निफ्राको शेयर कारोबार भएको थियो । पहिलो कारोबार ३४० बाट भएको थियो । पहिलो दिनदेखि नै निफ्राको शेयर मूल्य लगातार सर्किट लागिरहेको थियो ।

निफ्राको शेयर चार लाखभन्दा धेरै कित्ता बिक्रीमा रहेको छ । खरिदकर्ता भने छैनन्  ।