काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने सांसद मुकुन्द न्यौपानेले जानकारी दिए ।

सो बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै, प्रमुख सचेतक तथा सचेतकसमेत चयन गर्ने न्यौपानेले बताए । 

नेकपा एकीकृत समाजवादी सरकारमा जाने तरखरमा रहेको छ । त्यसअघि दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । केहिदिनमै सो पार्टीमा सरकारमा सहभागि जनाउने नेताहरु बताउँछन् ।