सार्वजनिक गाडीलाई १२ गते देखि रुट परमिट खुल्ला
खबर एक्सप्रेस
२०७६-०६-०७ ११:०० मा प्रकाशित
Total Shares: 714
काठमाडौं - यातायात व्यवस्था विभागले दशैका लागि लक्षित गरेर काठमाडौं बाहिर जाने र आउने यात्रुहरुको आवगमनलाई सहज र व्यवस्थित बनाउन यात्रुबाहक सवारी साधनहरुका लागि इजाजत पत्र (रुट परमिट) खुल्ला गरेको छ ।
असोज १२ गतेदेखि १९ गतेसम्म यात्रुबाहक सवारी साधनहरुका लागि रुट परमिट खुल्ला गरिएको हो ।
साथै ट्राफिकलाई व्यवस्थित बनाउन मल्टी एक्सल ट्याक्टर टेलर ९१४ चक्का भएका ठूला मालवाहक० लाई यो अवधीमा चितवनको नारायणघाटदेखि आवागमनमा रोक लगाईएको छ ।
त्यस्ता सवारीसाधनलाई १९ गतेपछि मात्रै संचालन गर्न पाउने गरि प्रदेश ३ को सम्वन्धित ट्राफिक कार्यालयहरुलाई विभागले पत्राचार गरिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस