काठमाडौं - सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्विकार गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले उक्त प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएकाले अस्वीकार गरेको जानकारी दिएका हुन् ।