काठमाडौं, एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा एकैदिन ४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ८९ हजार २९३ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार १९० जनाको यसको संक्रमणबाट निधन भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या १ करोड ३२ लाख ८६ हजार ३२४ रहेको छ भने मृतकको संख्या ३ लाख ४५ हजार २८७ पुगेको छ । यस्तै १ करोड १७ लाख ३२ हजार १९३ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या १२ लाख ८ हजार ८४४ रहेको छ ।