फेरि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०७-१४ ११:१६ मा प्रकाशित
Total Shares: 173
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन शुक्रबारको भन्दा ३ सय रुपैयाँले कम हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस