सभामुख सापकोटाले गरे मतदान
खबर एक्सप्रेस
२०७९-०१-३० ०७:४९ मा प्रकाशित
Total Shares: 385
काठमाडाैं - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
उनका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार स्थानीय तह निर्वाचनमा मतदान गर्न सभामुख अग्निप्रसाद सापकोटा हिजो नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।
सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन् । उनी माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस