काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा दुई वटा अपहेलना मुद्दा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेको निवेदन मंगलबार दर्ता भएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता आचार्य माघ ११ गते निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

'खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ ।' आचार्यले पेश गरेको निवेदमा भनिएको छ ।