काठमाडौं-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

पछिल्लो अविरल वर्षापछिको बाढी र पहिरोका कारण ६० जनाको मृत्यु भइसकेको छ ।