काठमाडौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ सय ३८ रहेको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमूना पीसीआर परीक्षंग गरिएको र तीमध्ये २६ सय ३८ मा कोरोना संक्रमण भएको जनाएका हुन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।

डा. गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २१ सय ७४ रहेको बताए । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४ सय ३ थप संक्रमित फेला परेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ रहेका छन् ।