त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीको आरोपमा ४० जना पक्राउ
खबर एक्सप्रेस
२०७९-०८-०२ ११:३३ मा प्रकाशित
Total Shares: 246
काठमाडौं - सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट ४० जना पक्राउ परेका छन् ।
नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई मैदानबाटै पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक उत्तम सुवेदीले जानकारी दिए ।
उनीहरुलाई कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ । पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस