कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची
खबर एक्सप्रेस
२०८२-०९-१५ ०१:१९ मा प्रकाशित
Total Shares: 35
काठमाडौं - नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ११० जना उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत कांग्रेस नेताले आज बिहान निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएका हुन्।
कांग्रेसले सोमबार राति सूचीका लागि निस्सा लिएर आज सूची बुझाएको हो। नेकपा एमालेसहित ५६ दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्।
कांग्रेसले युवा र अवसर नपाएका व्यक्तिलाई समानुपातिक सूचीमा राखेको जनाएको छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

.gif)




फेसबुक पेज Like गर्नुहोस