काठमाडौं - प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने भएपछि पधानमन्त्रीको सम्बोधन सरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको बताइएको छ ।

आज २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो ।