सत्तारुढ दलहरु स्थानीय तहको निर्वाचन पछि धकेल्न खोज्दैछन् : नेम्वाङ
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।
संविधानसभाका अध्यक्ष समेत रहहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेलखेलिरहेको बताए ।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको आरोप लगाए ।
उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन भन्छन । जनतामा जाने भनेको डराउँछन । भरसक जनतामा जाने मिति पर सार्छन । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहो¥याउन्न चाहन्न । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भईरहेको छ ।’
फेसबुक पेज Like गर्नुहोस