गेट वे पेमेन्ट सर्भिस र सनराइज बैंक सम्झौता
काठमाडौं - सनराइज् बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सगँ अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालि संग सम्झौता गरेको छ । मंगलबार एक समारोह बिच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदान प्रदान गरेका हुन ।
२१औं शताब्दीमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ ।ं सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ विश्वास गरिएको छ ।
यो सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपिआई मार्फत बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले बैंकका मर्चेन्टमा भारतिय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवा लाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउदै कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंकको रुपमा अगाडी बढी रहेको यस बैंकले २५ हजार भन्दा बढी मर्चेन्ट नेटवर्क, १ सय ५९ एटिएम, १ सय ३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिग सेवा मार्फत सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस