काठमाडौं - सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए ।