चन्द्रागिरिमा मिनिट्रक दुर्घटनाः दुई जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-२९ ०१:१७ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा सिन्धुलीका मनिष कार्की र मानकुमार माझी रहेका छन् । ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको छ । उक्त मिनी ट्रक आइतबारदेखि हराइरहेको बुझिएको छ । चालकको पहिचान पनि खुल्न सकेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस