गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता
काठमाडौं - गरिमा विकास बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.बीच भुक्तानी सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्टद्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो ।
सम्झौतापत्र अनुसार गरिमा विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, ईन्टरनेट/बिधुत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।
हाल गरिमाले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस